७ श्रावण २०८३, बिहिबार

बैङ्क अफ काठमान्डु र फोकसवान् पेमेन्ट सोलुसन्सविच भुक्तानी सेवा सम्बन्धी सम्झौता 



काठमाडौं । बैङ्क अफ काठमान्डु र फोकसवान् पेमेन्ट सोलु सन्स् प्रालि बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् बैंकका कार्डवाहकहरूले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गर्न सक्नुहुनेछ । बैंकका कार्डवाहकहरूले कार्ड लिङ्क पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरूको उपभोग गर्न मिल्ने बताइएको छ । 

भुक्तानी सेवाहरूमा जस्तै मोबाइल टप अप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरूको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डवाहकहरूले मोको मार्फत स्क्यान गरी १ हजार पाँच सय रुपैयाँभन्दा बढी मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ । 

यस सँगै बैंकका कार्डवाहकहरूले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरूको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकहरूले मोको डिजिटल वालेटको एप गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैङ्क अफ काठमान्डुको डेबिट तथा क्रेडिट कार्ड लिङ्क गर्नुपर्नेछ ।   


प्रतिक्रिया दिनुहोस्