अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुदैं, ९१ हजारले १० कित्ता पाउदाँ करिब २० लाखको हात रित्तो

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सोमबार (साउन ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सोमबार क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट गर्ने छ ।
क्यापिटलले स्थान र दिन तोकेको भएपनि कुन सयम बाँटफाँड गर्ने भने तय गरि सकेको छैन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा करिब २० लाखको हात रित्तो हुने देखिएको छ । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २९ गुणा अर्थात २० लाख ७९ हजार ७८८ जनाले आवेदन क्यापिटलले जनाएको छ ।
आइपीओमा २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ माग गरीएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट हुने छ। १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् भने बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात रित्तो हनुे छ ।
लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।