अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, ९१ हजारले १० कित्ता पाउँदा २३ सय जनाको आवेदन रद्द « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, ९१ हजारले १० कित्ता पाउँदा २३ सय जनाको आवेदन रद्द



काठमाडौं । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट सम्पन्न भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।

आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको छ भने बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको छ । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि रहेका करिब १९ लाखको हात हात खाली भएका छन् ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्