सुनको मूल्य पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै ,मंगलबार ९६ हजार दुई सय रुपैयाँ निर्धारण रहेको तेजावी सुनको मूल्य आज तोलाको ९५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।