माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम–स्मार्ट’ मा नयाँ सुविधा
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, ‘एमबीएल एम–स्मार्ट’ मा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुवात गरेको छ ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।
बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा अगेन्स्ट फिक्स्ड डिपोजिट सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।
यस एमबीएल एम–स्मार्ट एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने लगायतका अन्य सेवा सो एपमार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको छ ।













