भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ५० प्रतिशत छुट « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ५० प्रतिशत छुट



काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
शुक्रबारबाटै सेवा शुल्क छुट कार्यान्वयन गर्न पत्र पठाइएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि बिहिबार पत्राचार गरेको थियो ।
सरकारले सुरुवातदेखि नै जिबिआइएमा उडान गर्ने वायुसेवालाई एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, कम्युनिकेसन र नेभिगेसन शुल्क शतप्रतिशत छुट गरिसकेको छ ।
पर्यटन क्षेत्र पुनरूत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिइने भनिएको छ ।
भैरहवा उडान गर्ने वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्दा कुल दुई हजार डलर (दुई लाख ५४ हजार रुपैयाँ) छुट पाउने देखिएको छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण गर्नुभन्दा भैरहवाबाट उडान गर्दा यात्रुलाई टिकटदर सस्तो पर्ने देखिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्