बीमा समितिको वितण्डा : नयाँ कम्पनीलाई लाईसेन्स दिन पुरानालाई मर्जरको दबाब

राधिका ढकाल
काठमाडौ । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्न पुराना बीमा कम्पनीहरुलाई मर्जरको दबाब दिएको छ । नेपाली बीमा बजारको अध्ययन बिना नै हचुवाको भरमा समितिले लाईसेन्स वितरण र मर्जरको वितण्डा मचाएको छ । यस अघि समितिले हचुवाकै भरमा १३ वटा बीमा कम्पनीलाई लाईसेन्स वितरण ग¥यो । नयाँ कम्पनी सञ्चालनमा आएको चार बर्ष पनि पुग्न नपाउँदै समितिले पुन ः मर्जरको लागि दबाब दिएको छ । पुरानालाई मर्ज गराएर नयाँ कम्पनीलाई लाईसेन्स दिईने प्रपन्च रचिएको बिमकहरुको आकलन छ ।
बीमा समितिले गत १० चैतमा परिपत्र जारी गर्दै सबै बीमा कम्पनीहरुको चुक्ता पुँजी साढे दुई गुणाले बढाउन निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पँुजी पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको हो । कम्पनीहरुले आगामी २०७९ चैतमसान्तसम्ममा तोकिएको पुँजी कायम गरि सक्नुपर्नेछ । हालको व्यवस्थाअनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको एक अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीहरुले चुक्ता पुँजी कायम गर्न लागि समितिले तीन वटा विकल्प दिएको थियो । पहिलो भनेको मर्जर, दोस्रोमा लाभांश, तेस्रोमा क्यापिटल इन्जेक्ट गर्न सक्ने बताएको थियो । तर, अधिकांश कम्पनीले क्यापिटल इन्जेक्ट गर्न नसक्ने भएपछि मर्जरको विकल्प रोजेका छन् । यस अघि बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई आफैले नयाँ कम्पनीलाई लाईसेन्स वितरण गर्ने वित्तिकै मर्जरको प्रयास गरेका थिए । तर, तत्कालिन समयमा समितिले कम्पनीहरुलाई कडाई गर्न नसकेपछि वर्तमान समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुँजी वृद्धिको योजना अगाडी सारेका हुन् ।
तर, तत्काल बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनु पर्ने आवश्यक नरहेको एक बिमकले बताए । “बीमा कम्पनीमा पँुजी भन्दा पनि रिजर्भ महत्वपूर्ण हो । कम्पनीले चारैतिर जोखिम वितरण गर्ने भएकाले पुँजी धेरै नै हुनुपर्छ भन्ने छैन । तर, रिजर्भ राम्रो भयो भने कम्पनीले जोखिम धेरै बहन गर्न सक्छ,” उनले भने । तर, पुरानालाई मर्ज गराएर नयाँलाई लाईसेन्स दिने योजना सहित पुँजी वृद्धिको दबाब दिएको बताए ।
उनका अनुसार हाल बीमा समितिको सञ्चालक समितिमा तत्कालिन अर्थमन्त्री जनार्दश शर्माले आफना नातेदार सन्तोष रिजाललाई बीमा विज्ञको रुपमा नियुक्त गरेका छन् । बीमा समितिले सञ्चालक समिति भित्रै एउटा समिति खडा गरी अध्ययन गरेको नाटक रचेको थियो । अध्ययनले पुँजी वृद्धि गर्नुपर्ने देखाएको छ भन्दै समितिले पुँजी वृद्धिको निर्देशन दिएको उनले बताए ।
त्यस्तै, सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत लघुबीमा कम्पनी सञ्चालन अनुमति दिन सकिने बताएको छ । प्रतिनिधि सभाले पारित गरेको बीमा विद्येयकमा समेत लघुबीमा खोल्न सकिने व्यवस्था गरिएको छ ।
सरकारले घोषणा गर्नु अगावै बीमा समितिमा लघुबीमा कम्पनीको लाईसेन्सका लागि दजनौ कम्पनीले निवेदन दिई सकेका छन् । यसले पनि समितिले पुरानालाई मर्ज गराएर नयाँ कम्पनीलाई लाईसेन्स योजना बनाएको बुझन सकिने उनले बताए ।
समितिका अनुसार हालसम्म मुक्तिनाथ लघुबीमा कम्पनी, उपकार लघुबीमा, माछापुच्छे« लघुबीमा, बेस्ट लघुबिमा, नेश्डो लघुबीमा, उन्नती लघुबीमा, हब लघुबीमा, पायनियर लघुबीमा, अन्नपूर्ण लघुबीमा, साईन रेशुङगां लघुबीमा, लुम्बिनी लघुबीमा र जेन्नियून लघुबीमा कम्पनीले आवेदन दिएका छन् । लघुबीमा कम्पनी सञ्चालनका लागि सहकारी संस्था देखि लघुवित्त वित्तिय संस्थाहरु आकर्षित भएका छन् ।