नेपाली कामदारलाई सामाजिक सुरक्षा सुविधा प्रदान गर्न विदेशी रोजगारदातालाई आग्रह « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

नेपाली कामदारलाई सामाजिक सुरक्षा सुविधा प्रदान गर्न विदेशी रोजगारदातालाई आग्रह



काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारको सामाजिक सुरक्षाको सुनिश्चिता गर्न सम्बन्धित मुलुकका रोजगारदातालाई आग्रह गरेको छ । कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स लगायका रोजगारदाताहरुसँग यस बिषयमा छलफल भै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार मलेशियाका रोजगारदाताले नेपाली कामदारलाई भने सामाजिक सुरक्षाको सुनिश्चिता गरी सकेको छ । त्यस्तै, अब श्रम सम्झौता हुन गै रहेको मुलुकहरुसँग पनि सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्ने उनले बताए ।

मध्यपूर्वका मुलुकमा रोजगारीका लागि जाने नेपाली कामदारहरु जोखिमपूर्ण काम गर्न बाध्य छन् । अदक्ष र अशिक्षित भएकै कारण नेपाली कामदारहरु जोखिममा पर्ने गरेका छन् । ट्राफिक नियम तथा विद्युतीय मेशिनहरु चलाउन गर्न तथा लेखिएका निर्देशन समेत अध्ययन गर्न नजाने पछि कामदारहरु जोखिममा पर्ने गरेका हुन् । जसका कारण कतिपय कामदारहरुले ज्यान नै गुमाउनु परेको छ भने कतिपय कामदार अंगभंग भै पूर्ण रुपमा अशक्त भएका छन् । मृत्यू भएका कामदारको परिवार आर्थिक संकटमा पर्ने र अंगभंग भएका कामदार आर्थिक संकटका कारण मानसिक समस्यमा पर्ने गरेको बोर्डले जनाएको छ । तसर्थ वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यू तथा अंगभंग भएको अवस्थामा आर्थिक राहत प्रदान गर्न बोर्डले सम्बन्धित मुुलुकलाई सामाजिक सुरक्षामा जोड्न पहल गरेको छ ।

मलेशियामा कार्यरत नेपाली कामदार सामाजिक सुरक्षामा जोडिए
मलेशियामा काम गर्ने नेपाली कामदारलाई रोजगारदाताले सामाजिक सुरक्षा प्रदान गरेको छ । रोजगारी अवधिमा कामदारको मृत्यू तथा अंगभंग भएका कामदारको परिवार तथा पिडित कामदारलाई रोजगारदाताले जीवन भर आर्थिक सुरक्षा प्रदान गर्ने बोर्डले जनाएको छ । मलेशियाले २०२२ फ्रेबु्रअरी १६ देखि सामाजिक सुरक्षा शुरु गरेको हो ।

मलेशियामा लागू भएको सामाजिक सुरक्षा अन्र्तगत मलेशियामा कुनै नेपाली कामदारको मृत्यू भएमा रोजगारदाताले कामदारको नजिकको नातेदारलाई आजीवन आर्थिक रकम भुक्तानी गर्छ । मृतक कामदारको मासिक पारिश्रमिकको ८० प्रतिशत रकम परिवारलाई आजिवन प्रदान गर्छ । शव स्वदेश ल्याउनका लागि एक लाख १४ रुपैयाँसम्म भुक्तानी गर्छ । त्यस्तै कामदारको अंगभंग भै पूर्ण असक्त भएमा कामदारलाई खाईपाई आएको पारिश्रमिकको ९० प्रतिशत रकम आजीवन रोजगारदाताले भुक्तानी गर्छ । औषधी तथा उपचार खर्च रोजगारदाताले नै भुक्तानी गर्छ ।

मलेशियामा सामाजिक सुरक्षा प्रणाली लागू भएपछि अनौपचारिक रुपमा जाने कामदारको संख्या घट्ने बोर्डले अपेक्षा गरेको छ । सामाजिक सुरक्षाले औपचारिक रुपमा श्रम स्वीकृति लिएर गएका कामदारलाई मात्रै समेट्ने गर्छ । स्तै, एउटा रोजगारदाताबाट भागेर अर्को रोजगारदाताको मा गएर आफैले अबैध बनाउने क्रम पनि घट्ने बोर्डको अपेक्षा छ । त्यति मात्रै नभएर नेपाली कामदारका लागि रोजगारदाता पनि सजग हुने बोर्डले जनाएको छ । कार्यस्थलको वातावरण र प्रयोग हुने मेशिनरी, कामदार बस्ने स्थान र खाने व्यवस्थामा हेलचक्राई गर्दा कामदार जोखिममा पर्छन् । यदि कामदारको मृत्यू वा अंगभंग भएमा रोजगारदाता आफैले भुक्तानी गर्नुपर्ने भएपछि उनीहरु आफैले सजगता अपनाउने बोर्डको दाबी छ । मलेशियामा करिब तीन लाख नेपाली कामदार छन् ।


प्रतिक्रिया दिनुहोस्