बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन बिहिबार ओरालो लागेको छ ।
बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्स)े १८.३० अकंले घटेर २०३९.४५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता किनबेच हुँदा १ अर्ब ७१ करोड , ६९लाख हजार ६७० रुपैयाँको काराबोर भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुर्पैयाको काराबोर भएको थियो ।
अपर हेवाखखोला हाइड्रोवपावर कम्पनि लिमिटेडमा सर्किट लागेको छ । रुरु हाइड्रोपावर ८.९३ प्रतिशत, नेष्डो समृद्ध लघुवित्त ८.९३ र ग्लोबल आइएमइ २.०० डिबेञ्चर २.०७ प्रतिशतले घटेको हो ।



















