७ श्रावण २०८३, बिहिबार

एनसीसी बैंकको शेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीकामा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको ९० हजार १७२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका ६ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान सस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –भदौ १३ गते) ले ५ दिन भित्र बैंकको काठमाडौं, बागबजारस्थित केन्द्रीय कार्यालय निवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि बोलपत्र पेश नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्