नेपाल क्रेडिट एण्ड कर्मस बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

नेपाल क्रेडिट एण्ड कर्मस बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलेको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार झापाको ढुकुरपानी माध्यमिक विद्यालय, दमकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालले एन. सी. सी. बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारे । प्रस्तुतिको क्रममा उनले एन. सी. सी. बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका हुन् ।

यसै गरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिइन् । साथै, उनले व्यावसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्य बताइन् ।


प्रतिक्रिया दिनुहोस्