हाइग्राउण्ड एडभेन्चर्समा सेवा लिँदा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

हाइग्राउण्ड एडभेन्चर्समा सेवा लिँदा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं । गत बिहिबारका दिन प्रभु बैंक लिमिटेड र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा लि बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा लिका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले सहमति गरेका हुन्।

प्रभु बैंक र संस्था बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा लिद्धारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट पाउने भएको छ।

उक्तसहमतिअनुसार हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिमा सुविधा लिने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाईएको छ । यो सहमतिबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्