ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कमा छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कमा छुट



काठमाडौं । बिहीवार पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेड र पोखराको वाल मनोरञ्जन केन्द्रको रुपमा प्रशिद्ध फिस्टेल ड्रिमपार्कबीच टिकट शुल्कमा छुट दिने सम्बन्धि सहमति भएको छ ।

सहमति अनुसार बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल बैंकिङ्गमार्फत् भुक्तानी गर्दा केबलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सहमतिमा बैंकका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि वहादुर बुढाथोकीले र ड्रिमपार्कका तर्फबाट पार्कका अध्यक्ष केदम के.सीले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा वाल मनोरञ्जनका लागि संचालनमा ल्याईएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरि बैंककका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्याउने तथा भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै पार्कका अध्यक्ष के सीले पोखरामा अवस्थित मनोरञ्जन पार्कको अभाव रहेको वेला आफुहरुले पार्कको संचालन गरेको र बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा पार्क खुशी भएको बताए ।बैंकले हालकास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् आफ्ना विभिन्न आधुनिकबैंकिङ्ग सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्