स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा हेरफेर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सञ्चालकमा हेरफेर भएको छ ।
कम्पनीको सञ्चालक समितिमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको हो । यसअघि करेन डे अल्विस रहेको थिए ।
रिनो दोनोसेपोत्रो कार्यकाल सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहने बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पेश गरेको सूचनामा उल्लेख छ ।
त्यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको बैंकले जनाएको छ।
