जनकपुरको होटल मानकीमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र जनकपुर स्थित होटल मानकी इन्टरनेशनल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ ।
बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी, भुषण प्रसाद गुप्ता र होटलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले होटलद्धारा सञ्चालित फुड र लजिङ्ग सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।
यस्तै, होटलमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।