बैंक अफ काठमाण्डूको कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने

काठमाडौं । बैंक अफ काठमाण्डूको कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने भएको छ । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबार साथै एटीएम र पीओएस सेवा अवरुद्ध हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकको उक्त सेवा भोलि अर्थात भदौ २७ गते बिहान साढे १ बजेदेखि बिहान ७ बजेसम्म अवरुद्ध हुने जनाएको छ ।
बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिष्टममा कार्ड प्रोसेसिंग सिष्टमको आवश्यक मर्मत सम्भार कार्यहरु हुने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।
उक्त अवधिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरि आवश्यक कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।
