आज केही समय सनराइज बैंकको यी सेवा अवरुद्ध हुने

काठमाडौं । सनराइज बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड, एटीएम तथा पोस मेसिनसंग सम्वन्धित सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकको उक्त सेवा भोलि अर्थात भदौ २७ गते बिहान साढे १ बजेदेखि बिहान ७ बजेसम्म अवरुद्ध हुने जनाएको छ ।
बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिष्टममा कार्ड प्रोसेसिंग सिष्टमको आवश्यक मर्मत सम्भार कार्यहरु हुने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।
