बैंकिङ्ग प्रणालीमा थपियो साढे ७ अर्ब निक्षेप, ६ अर्ब ८६ करोड कर्जा प्रवाह

काठमाडौं । एक साताको अवधमिा बैंकिङ्ग प्रणालीमा साढे ७ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा ७ अर्ब ५१ करोड निक्षेप बैंकिङ्ग प्रणालीमा थपिएको हो ।
बैंकर्स संघका अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, यस साता कर्जा प्रवाह पनि वृद्धि भएको छ । यो साता कर्जा ६ अर्ब ८६ करोड रुपैयाँले बढेको हो । भदौ २४ गतेसम्म कर्जा प्रवाह ६ अर्ब ६८ करोड रुपैयाँले बढेर ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा बैंकहरुको सिडी रेसियो ८८.३६ प्रतिशत रहेको छ ।