चालु आवको पहिलो महिनामा बस्तु निर्यातमा २८.७ प्रतिशतले कमि « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

चालु आवको पहिलो महिनामा बस्तु निर्यातमा २८.७ प्रतिशतले कमि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल बस्तु निर्यातमा २८.७ प्रतिशतले कमि आएको छ । बिहिबार नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई रु.१४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

ज्ञण्। आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई रु.१३१ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।


प्रतिक्रिया दिनुहोस्