आधा दर्जन बैंकहरुले फेरि सार्वजनिक गरे नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । आधा दर्जन बैंकहरुले परिवर्तन गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधवार मेगा बैंक, प्रभु, सिभिल, हिमालयन, लक्ष्मी स्ट्यान्डर्ड चाटर्ड बैंकले यस अघि प्रकाशित ब्याजदरलाई परिवर्तन गरि फेरि सार्वजनिक गरेका हुन् ।
बैंकहरुले मुद्दति निक्षेपमा यसअघि तोकिएको ब्याजदरको दशलमवपछि ३ अंक थपरे फेरि ब्याजदर सार्वजनिक गरेका हुन् । परिवर्तित ब्याजदर अनुसार मुद्दति निक्षेपमा बैंकहरुले १२.१३३ प्रतिशत पुर्याएका छन् ।
मेगा बैंकले फेरि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेप १०.३३३ प्रतिशत तोकेको छ । यस भदौ ३१ गते प्रकाशित गरेको ब्याजदरमा बैंकले मुद्दति निक्षेपका लागि १०.१३ प्रतिशत तोकेको थियो ।
प्रभु बैंकले पनि बुधवार नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले मुद्दति निक्षेपमा यस अघि तोकिएको ब्याजदरमा दशमलवपछि ३ अंकको थपेको छ । योसंगै बैंकले मुद्दति निक्षेपका लागि १०.३३३ प्रतिशत ब्याजदर कायम गरेको हो ।
सिभिल बैंकले पनि परिवर्तित ब्याजदर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले मुद्दति निक्षेपमा ९.१३३ प्रतिशत तोकेको छ । यसअघि बैंकले ९.१३ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, हिमालयन बैंक, लक्ष्मी बैंकले पनि बुधवार दशमलवपछि ३ अंक जोडेर ब्याजदर प्रकाशित गरको हो । स्ट्यान्डर्ड चाटर्ड बैंकले पनि मुद्दति निक्षेपमा १२.३३३ प्रतिशत ब्याजदर तोकको छ । बैंकले पनि यस अघिको ब्याजदरमा दशमलवपछि ३ अंक थपेर नयाँ ब्याजदर प्रकाशित गरेको हो ।














