वाणिज्य बैंक बन्यो सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

वाणिज्य बैंक बन्यो सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक



काठमाडौं । वाणिज्य बैंक लिमिटेड सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बनेको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा वाणिज्य बैंकलाई सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मान गरिएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्