क्यास अन ह्विलको ‘अटो–एक्स्पो मेला’ असोज १२ गतेदेखि हुँदै, २०० बढी कारहरु बिक्रीमा « Arthapath.com
५ आश्विन २०७९, बुधबार

क्यास अन ह्विलको ‘अटो–एक्स्पो मेला’ असोज १२ गतेदेखि हुँदै, २०० बढी कारहरु बिक्रीमा



काठमाडौं । असोज १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला संचालन हुने भएको छ । क्यास अन ह्विलले दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेलाको आयोजना गरेको हो ।

उक्त मेलामा नयाँ तथा पुराना सबै प्रकारका गाडी पाईने छन् । मेलामा नयाँ गाडीइ खरिद गर्न तथा एक्सचेञ्ज गर्न सकिने छ । उक्त अटो मेलामा सहभागी भइ लाभ उठाउनको लागि क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले आग्रह गरेको छन् ।

अध्यक्ष भण्डारीका अनुसार गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प रहेको र हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको जानकारी गराए । आगामी असोज १२ गतेदेखि भृकटीमण्डपमा मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका बिक्रेताहरु हुने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् भने शो ५० हजार भन्दा बढीले अवलोकन गर्ने छन् ।

मेलामा १०० भन्दा बढी कर्पोरेट पार्टनहरु, १० हजारभन्दा बढी खरिद बिक्रीकर्ताहरुको जमघट रहने अनुमान गरिएको छ । मेलामा ३० हजारभन्दा बढी व्यापरिक घरनाको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए ।

एक्स्पोमा गाडी खरिद गर्नेलाई बिना झन्झट सहजै फाइनान्सको व्यवस्था रहेको छ । एक्सपोमा किन्ने र बेच्नेबीच सहज रुपमा खरिदबिक्री वातावरण हुनेछ । मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने विश्वास तयारी रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्