सनराइज बैंकको वार्षिकोत्सवमा नेपाल बाल संगठनका बालबालिकालाई नयाँ लुगा सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बालमन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ । बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपालबाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गरेकी हुन ।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंकका उच्च पदस्त अधिकारीहरुको समेत उपस्थित रहेको थियो । सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्य सामाग्री, लत्ता कपडा आदि वितरण गदै आएकोमा बैकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको छ । बाल हेरचाह,अनाथ, पिछडिएको, द्वन्द्वप्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले बताए ।
बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्यताको साथ मनाउदै छ ।