सिद्धार्थ बैंकको दसैं योजना, अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने « Arthapath.com
९ आश्विन २०७९, आईतवार

सिद्धार्थ बैंकको दसैं योजना, अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्