कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ भादौ १९ गते देखि २४ सम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो ।
उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफ वान सफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्ना केएस आई मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका छन् ।
उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सलुसम सेन्टरलाई स्मार्ट फोनको विजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।