नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पछि प्रतिकित्ता २२७ रुपैयाँ ३६ पैसा तोकेको छ । नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम कारोबार मूल्य २८४ रुपैयाँ २० पैसाको आधारमा समायोजन गरेको हो ।