सुदुरका किसानलाई मुखकै बालि बाढीले खोस्ने चिन्ताले पिरल्यो, सरकार पक्षलाई भने चुनावको चटारो « Arthapath.com
२३ आश्विन २०७९, आईतवार

सुदुरका किसानलाई मुखकै बालि बाढीले खोस्ने चिन्ताले पिरल्यो, सरकार पक्षलाई भने चुनावको चटारो



काठमाडौं । सुदूरपश्चिम प्रदेशभर केहि दिन देखि लगातार वर्षा भइरहेको छ । धान लगाएर वर्षे बाली भित्र्याउने समयमा परेको वर्षाले सुदूरपश्चिमका किसानलाई चिन्तित बनाएको छ ।

धान बालि भित्र्याउने बेला आएको वर्षाले धान बालिमा त प्रभाव परेको नै छ फलफुल तथा तरकारीमा समेत क्षेति बुगेको गुनासो किसानहरुसँग छ । गत वर्षको बेमौसमी पानीले सुदूरपश्चिम प्रदेशमा ७ अर्ब बराबरको धानमा क्षती पुगेको थियो भने यो वर्ष पनि बाढीको चपेटामा धान बाली पर्छ कि भन्ने चिन्ता किसानमा रहेको छ । मुख मै आएको बालि खोसेर लैजाने डरमा रहेका किसानका लागि स्थानिय तहले भने कुनै योजना तयार पारेको छैन । स्थानिय तहका प्रतिनिधिहरुलाई किसानको पिडा भन्दा पनि प्रदेश र संघमा आफ्नो पार्टी कसरी जिताउने भन्ने कुराले पिरोलिएको देखिन्छ ।

कैलाली कन्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेको छन् भने सयौ मान्छे सडकमा त्रिपाल लगाएर बस्न बाध्य रहेको छन् । कैलाली जिल्लाको भजनि नगरपालिका करिब ३ सय भन्दा बढी घर डुबानमा पर्दा सयौ संख्यामा अहिले हुलाकी सडक खण्डमा बस्न बाध्य भएका छन् । दशैं रमझम सकिन नपाउँदैं आएको वर्षाले जनताको मन खिन्न त भएकैं छ वर्ष भरी दुख गरेर उब्जाएको बालिको चिन्ताले निद्रा दिएको छ । कैललीको जोशिपुर गाउँपालिका एक किसान रामहरी चौधरीलाई पनि आफ्नो बालि बाढीले लैजाने चिन्ताले निद्रा नदिएका बताउछन् । उनि भन्छन “‘घर डुबानमा पर्यो साना बच्चा बच्चि देखि बुढा बढी सडक मै त्रिपाल लगाएर बसेका छौ यत्रो दुख गरी उब्जाएको बालि पोहोर साल जस्तै हुने हो कि भन्ने डर समेत उस्तै रहेको बताउछन्”। उनको बालि पोहर साल पनि बगाएको रहेको छ ।

उनले सरकार आवश्वासन बाट दिक्क भएको गुनासो हामीसँगै पोख्दैं भने “सर हरेका वर्ष भन्छन यो ब्यवस्थित गछौं डुबानको समस्या हुन दिन्नौं तर फेरी ५ वर्ष पछि आएर सोहि आश्वासन दोहोरिन्छ शक्ति र सत्तामा रहेका लाई हामीले किन गरिन भने पनि केहि गरी दिने हुन किन भनेर डर लाग्छ” ।

अर्का किसान कन्चनपुरका शिव कठरियाका भन्नछन् पोहर साल पानीले धानमा पूरै क्षति गरेको र यो वर्ष पनि लगातार पानी परिरहेको छ, पानीसँगै हावा पनि आएर धान ढले कुहिनेका साथै फलफूल तथा तरकारी खेतीमा पनि अत्यधिक पानीले क्षती बताए ।
सुदुरका पहाडी भुभागका किसानलाई समेत यस्तै कुराले चिन्तिम बनाएको छ । जता ततै पहिरो गएर सडक अबरुद्द बनाएको छ । दशैं बनाउन घर आएकाहरुले आफ्नो गतब्य स्थानमा जान पाएका छैन । नदि तथा खोला क्षेत्रमा कटानले जग्गा घर लैजाने डर समेत उस्तै रहेको छ । बिजुलीका खम्बा डलेकाले पनि अधिकांश क्षेत्रमा संचार र विधुत अवरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भने अझै केही दिन प्रदेशभर पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । खेतीपाती र धनजनको नोक्सानी नहोस् भनेर सरकारी संयन्त्र परिचालन गतेको तथा खेतीपातीमा नोक्सानी हुने किसानलाई कृषि बीमाको दायरामा ल्याउने प्रयासको थालनी प्रदेश सरकार बताउछ । कृषि बिमा गरेर किसानलाई हुने क्षतिको कम गर्न प्रयास थालिने सरकारी पक्षले जनाएको छ। तर स्थानिय निकायले भने क्षति न्यूनिकरण गर्ने कुनै योजना नै तयार नपारेको स्थानियको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्