चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोन खरिद गर्दा बिशेष छुट « Arthapath.com
६ असार २०८३, शनिबार

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोन खरिद गर्दा बिशेष छुट



काठमाडौँ । स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार , शाओमी १२ सिरिजमा तीन हजार र भर्खरै लन्च गरिएको मा पाँच सय सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

अब ढिलो नगरी आजै आफुलाई मनपर्ने शाओमीको स्मार्टफोन खरिद गर्नशाओमी कम्पनीले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्