चालु आवको दुई महिनामा ७ करोडभन्दा बढी मूल्य बराबरको स्मार्ट घडी आयात

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्ट वाचको माग बढेको पाईएको छ । चालु आर्थिक वर्ष २०७९\८० को बितेको २ महिनामा ५३ हजार ३ सय ४९ स्मार्ट घडी (वाच)आयात भएको छ ।
साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष स्मार्ट घडीको आयात कम हो ।
गत वर्षको यस्तै अवधिमा ७ करोड ९८ लाख मूल्यको ६६ हजार २८१ हजार वटा स्मार्ट घडी आयात भएको थियो । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ ।
चालु आर्थिक वर्ष २०७९\८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
यो वर्ष स्मार्ट घडीको आयात गत वर्षको भन्दा कम हो । गत वर्ष यस्तै अवधिमा ७ करोड ९८ लाख मूल्यको ६६ हजार २८१ हजार वटा स्मार्ट घडी आयात भएको थियो ।