थप ९८ लाख १० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

थप ९८ लाख १० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नागरिक लगानी कोषको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कोषले गत भदौ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । नेप्सेमा कोषको ९८ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्