भन्सार कारोबारलाई व्यवस्थीत बनाउन नेपाल एसबिआई बैकं र भन्सार बिभागबीच सहमति « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

भन्सार कारोबारलाई व्यवस्थीत बनाउन नेपाल एसबिआई बैकं र भन्सार बिभागबीच सहमति



काठमाडौं । नेपाल एसबिआई बैकं र भन्सार बिभागबीच सहमति भएको छ । बैकंका अनुसार भन्सार कारोबारलाई व्यवस्थीत बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सहमति भएको हो ।

सहमतिमा भन्सार बिभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंककोतर्फबाट डेपुटी सिईओ रिजवन आलमले हस्ताक्षर गरेका छन् । सहमति कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा रहेको थियो ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, १० शाखा रहित बैंकिङ तथा एउटा कर्पोरेट अफिसका साथै एक सय ३० एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदैं आएको छ ।


प्रतिक्रिया दिनुहोस्