बैंक अफ काठमाण्डूले पनि घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । बैंक अफ काठमाण्डूले पनि लाभांश घोषणा गरेको छ ।
बैंकको असोज ३० गते बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७८७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । अब उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।