आजदेखि टिभिएसको एक्सचेन्ज मेला भृकुटीमण्डपमा
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ’टिभिएस ग्रेट ग्यान्ड एक्सचेन्ज एन्ड फाईनान्स मेला’ एक्सचेन्ज मेला सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित आज बाट सुरु भएको उक्त मेला कार्तिक ५ गते सम्म सम्चालन हुनेछ । यो मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा सात हजार बढीको मूल्य पाउने छन्, ।
साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र र ४ हजार दुई सय ७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।












