नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । सोमबार नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य नेप्सेमा समायोजन गरेको हो ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य १८४ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य १७८ दशमलव ०१ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्