४ वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको शेयरधनीलाइ अनुरोध « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

४ वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकको शेयरधनीलाइ अनुरोध



काठमाडौं । ४ वर्ष पुरानो लाभांश लिन ग्लोबल आइएमई बैंकले शेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६।०६७ देखि २०७०।०७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले ती शेयरधनीलाई लिन आग्रह गरेको हो ।

उक्त नगद लाभांश लिन बाँकी शेयरधनीहरुले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क भनेको छ । कम्पनीले मंसिर १७ गतेसम्म नगद लाभांश बुझी नलिएमा सो लाभांश रकम कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ ।

शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्