ज्योति विकास बैंक र दराज बीच सहमति, ११.११ अभियान « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

ज्योति विकास बैंक र दराज बीच सहमति, ११.११ अभियान



काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट दिने सहमति भएको छ ।

यो योजना कार्तिक २५ गते लागू हुने र उक्त सहमति पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५ सय रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । उक्त छुट पाउनका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ ।


प्रतिक्रिया दिनुहोस्