मर्जर सम्झौता गरेका ८ वाणिज्य बैंक, पहिलो त्रैमासमा कुन कति तगडा ? (विवरणसहित)

काठमाडौं । हाल आधा दर्जन वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का रहेको छ । मर्जर तथा एक्विजिसनका लागि ८ वटा वाणिज्य बैंकहरुले सेयर कारोबार दोस्रो बजारमा रोक्का भएको हो ।
मर्जर प्रक्रियाका कारण हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट, मेगा, कुमारी, एनसीसी, सिभिल र सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का भएको छ ।
आज हामीले मर्जर सम्झौतापश्चात सेयर कारोबार रोक्का रहेका बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय अवस्थाका बारेमा जानकारी गरेका छौं ।
अब हेरौं कुनको वित्तीय सुचक कस्तो ?
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक :
नेपाल इन्भेष्टमेन्ट बैंक : चालु आवको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले २३.४७ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको असोज मसान्तसमा बैंकले १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ नाफा गरेको छ ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६६.४९ प्रतिशतले वृद्धि भई २ अर्ब १२ करोड ९५ लाख ३१ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्ममा बैंकको जगेडा तथा कोष १५ अर्ब १३ करोड १७ लाख ५८ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९२ पैसा, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा रहेको छ ।
मेगा बैंक : चालु आवकोे पहिलो त्रैमाससम्ममा मेगा बैंकको खुद नाफा ४४.९९ प्रतिशतले घटेर ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी भने १८.६० प्रतिशतले बढेर १ अर्ब ७९ करोड ९५ लाख, संचालन नाफा, ७० करोड ५९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशत, प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४० पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा रहेको छ ।
इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते सम्झौता गरेका थिए । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० रहेको छ । यी दुवै बैंकको गत ३१ गतेदेख सेयर कारोबार रोक्का रहेको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू
ग्लोबल आइएमई बैंक : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफा ६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३६.९३ प्रतिशत, संचालन नाफा ८.६४ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४५ करोड पुगेको छ । बैंकको चुक्ताँ पुँजी २३ अर्ब ७९ करोड ९५ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा भने १२ अर्ब १९ करोड ४२ लाख ५४ हजार रुपैयाँ राखेको छ । पहिलो त्रैमासमा बैंकको खराब कर्जा बढेर २.१० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ३६ पैसा रहेको छ ।
बैंक अफ काठमाडौं : बैंक अफ काठमाडौंले चालु आवको असोज मसान्तसम्ममा २८ करोड ६ लाख १५ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १०.७० प्रतिशतले बढी हो । उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ५८ लाख २१ हजार, खुद संचालन आम्दानी ९९ करोड ६६ लाख ७१ हजार, संचालन नाफा ४१ करोड ४७ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४५ करोड ७८ लाख ७० हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७७ पैसा रहेको छ ।
मर्जरमा जानका लागि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते सम्झौता गरेका छन् । यी दुवै बैंक १ः१ को स्वाप रेसियो कायम गरि मर्जर गर्ने सम्झौता भएको हो । योसंगै हाल दुबै बैंकको गत असार २ गतेदेखि नै सेयर कारोबार रोक्का रहेको छ ।
कुमारी बैंक र एनसीसी बैंक
कुमारी बैंकः चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशतले बढेर १ अर्ब १४ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेर १ अर्ब ९७ करोड, संचालन नाफा ८६.०१ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ५ अर्ब ३ करोड ६५ लाख ६६ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २३ पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३६ पैसा रहेको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशत रहेको छ ।
एनसीसी बैंक : चालु आवको पहिलो त्रैमासमा एनसीसी बैंकको नाफा ०.२३ प्रतिशतले घटेर ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ कायम भएको छ । बैंकले संचालन मुनाफाबापत ७१ करोड ८५ लाख, वितरणयोग्य मुनाफा १ अर्ब रुपैयाँ बढी रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब १२ करोड रहेको छ ।
बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ४ अर्ब ४४ करोड ४३ लाख ९७ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५६ पैसा, प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको खराब कर्जा २.४६ प्रतिशत रहेको छ ।
कुमारी बैंक र एनसीसी बैंकले पनि मर्जरमा जानका लागि असोज १० गते सम्झौता गरेका छन् । दुवै बैंकले स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएका हुन् । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले असोज ११ गतेदेखि दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ ।
हिमालयन बैंकसंग मर्जर सम्झौता गरेको सिभिल बैंक
हिमालयन बैंक : हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा १७.५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६२.६३ प्रतिशत, संचालन नाफा २१.८७ प्रतिशतले बढेर ७८ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ ।
चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ७ अर्ब ३५ करोड १५ लाख ६ हजार रुपैयाँ राखेको छ । पहिलो त्रैमासमा बैंकको खराब कर्जा २.३१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा रहेको छ ।
सिभिल बैंक : सिभिल बैंकको नाफा ४२.२३ प्रतिशतले वृद्धि भई ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । उक्त अवधिमा बैंकको संचालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख, खुद ब्याज आम्दानी पनि ६२.२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने २ अर्ब ४९ करोड ३३ लाख ९६ हजार राखेको छ । बैंकको खराब कर्जा १.४१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा रहेको छ ।
हिमालयन बैंकसंग मर्जर सम्झौता गरेको सिभिल बैंकको गत असार ३० गतेदेखि नै सेयर कारोबार रोक्का रहेको छ । मर्जरमा जानका लागि बैंकले गत असार २९ गते मर्जर सम्झौता गरेको हो ।
प्रभु बैंकसंग मर्जर सम्झौता गरेको सेञ्चुरी बैंक
प्रभु बैंक : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा १०.७९ ले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । यसअवधिसम्म संचालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख, खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख ६३ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको खराब कर्जा १.६८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
सेञ्चुरी बैंक : सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १० करोड ७६ लाख रुपैयाँ, संचालन नाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ३७ करोड ८ लाख १६ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५२ पैसा रहेको छ ।
नेप्सेमा सेञ्चुरी बैंकको पनि सेयर कारोबार रोक्का रहेको छ । प्रभु बैंकसंग मर्जर सम्झौता गरेको बैंकको गत साउन १६ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरमा जानका लागि गत साउन १५ गते सम्झौता गरेका थिए । दुबैं बैंकले १ः१ मै मर्जरमा जाने सहमतीएका हुन् । राष्ट बैंकले प्रभु बैंक र सेञ्चुरी बैंकलाई एक आपसमा मर्जरमा जान साउन १५ गते सम्झौताभएसँगै राष्ट बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो ।