सिटिजन्स बैंकद्वारा च्याटबट सेवा-सिटिजन्स साथिको सुरुवात

काठमाडौं । डिजिटल बंैकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना आदरणीय ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवार्(सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।
यस नवीनतम सेवा मार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा ( सिटिजन्स साथि द्वारा गर्न सक्नुहुनेछ । साथै आदरणीय ग्राहक महानुभावहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्न्नुहुनेछ । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहक महानुभावहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ ।