तपाईको खातामा आयो १२.५० प्रतिशत लाभांश ? आएको छैन् भने यसो गर्नुहोस् « Arthapath.com
२३ कार्तिक २०७९, बुधबार

तपाईको खातामा आयो १२.५० प्रतिशत लाभांश ? आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश पठाउन सुरु भगरेको छ । बैंकले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश बैंकमा खातामा पठाउन सुरु गरेको हो ।

बैंकले साधारण सभा सम्पन्न भएकै दिनबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन थालेको हो । साथै बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न जानकारी दिएको छ ।

कुमारी बैंकको कात्तिक २१ गते बसेको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्