नेप्सेमा एक कम्पनीको १ करोड कित्ता हकप्रद शेयर सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा एक कम्पनीको १ करोड कित्ता हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । उक्त शेयर आइतवार अर्थात कात्तिक २७ गते बाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्