समान हैसियतमा मर्जरमा जाने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको निर्णय « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समान हैसियतमा मर्जरमा जाने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको निर्णय



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियतमा एक आपसमा मर्जरमा जाने भएका छन् । बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय भएको हो ।

यी दुवै बैंकले एक अपसमा गाभ्ने गाभिने प्रयोजनका लागि असार २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी बैंकले एक आपसमा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षहरूको समेत मूल्यांकन गरी सिफारिस गरेको शेयर आदानप्रदान अनुपात बैंक अफ काठमाण्डूको १०० कित्ता शेयर हुनेले ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर पाउने गरी निर्णय भएको बैंकले जनाएको छ ।

दुबै मर्जर पछि चुक्तापूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्