नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले वैकल्पिक संचालकमा शान्ता गौतमलाई नियुक्त गरेको छ ।

बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकको रुपमा गौतमलाई मनोनित गरी पठाएकोमा कात्तिक ३० गते बसेको संचालक समितिको बैंठकले संचालक चयन गरेको हो ।

साथै, बैकल्पिक संचालकको पदमा वहाल रहेका महेश खनाललाई कात्तिक ३० गतेदेखि नै लागू हुने गरी पदबाट हटाएको हो ।


प्रतिक्रिया दिनुहोस्