हालसम्म कति बाँड्यो त प्रभु बैंकले शेयरधनीलाई लाभांश: यस्तो देखियो ५ वर्षे इतिहाँस « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

हालसम्म कति बाँड्यो त प्रभु बैंकले शेयरधनीलाई लाभांश: यस्तो देखियो ५ वर्षे इतिहाँस



काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैंठकले शेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामि साधारण सभाबाट पारित पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ । प्रभु बैंक विगत ५ वर्षको इतिहाँस हेर्ने हो भने उक्त लाभांश अझसम्म कै कम लाभांश दिएको हो ।

५ वर्षको इतिहाँसमा सबैं भन्दा बढी लाभांश बैंकले आर्थिक वर्ष २०७५।०७६ मा दिएको छ । बैंकले उक्त आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश दिएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ मा बैंकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको हो ।

साथै, आर्थिक वर्ष २०७४।०७५ मा ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७६।०७७ मा १० प्रतिशत बोनस र ०.५२६३ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिएको हो ।

प्रभु बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमाससम्म आइपुग्दा नाफा १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । यसअवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशत ले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा कायम भएको छ । प्रभुले सेन्चुरी बैंकलाई गाभ्ने सम्झौता गरेको छ । बैंकले एकपछि अर्का सफलता ल्याउदैं छ ।


प्रतिक्रिया दिनुहोस्