मर्जर प्रस्ताव पारितका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले बोलायो विशेष साधारण सभा

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले विशेष साधारण सभा मंसिर १८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको सभा कक्ष नक्साल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाल नेपाल बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड एक आपसमा गाभिने प्रस्ताव पारित गर्नुका साथै दुई क्यापिटलको शेयर आदान प्रदान अनुपात १ः०.२७ अर्थात नेपाल बङ्गलादेश क्यापिटलको १ शेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको शून्य दशमलव २७ शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।