निफ्राले ५ अर्बको उर्जा ऋणपत्र बिक्री निष्कासन गर्ने, बोर्डले दियो अनुमति « Arthapath.com
५ मंसिर २०७९, सोमबार

निफ्राले ५ अर्बको उर्जा ऋणपत्र बिक्री निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्