स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने भएकाले आज अर्थात मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई १६.५१% नगद लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले मंसिर २५ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्