कुमारी बैंकको विशेष साधारण सभा मंसिर २५ गते, मर्जर स्वीकृति मुख्य एजेण्डा « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

कुमारी बैंकको विशेष साधारण सभा मंसिर २५ गते, मर्जर स्वीकृति मुख्य एजेण्डा



काठमाडौं । कुमारी बैंक लिमिटेड विशेष साधारण सभा मंसिर २५ गते बोलाएको छ । सभा दिउँसो १ बजे बैंकको नक्साल कार्यालयमा बस्ने गरी बोलाएको हो ।

सभाले एनसीसी बैंकसँगको मर्जरलाई अन्तिम स्वकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जर प्रकृया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

मर्जपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ । प्रयोजनका लागि बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्