सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको मंसिर १४ गते बुधवार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्