मर्जर प्रस्ताव र लाभांश पारितका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस ७ गते ३६ औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा लाभांश पारित र मर्जर प्रस्तावलाई पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही सभाले मेगा बैंकसंगको मर्जर प्रस्ताव समेत स्वीकृति दिनेछ ।
यसका साथै गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ ।



















