१६ प्रतिशत लाभांश पारित गर्दै स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।
बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गरेको हुदाँ मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका हुन ।













